मंगलबार, माघ २४ २०७९

डलरको भाउ अहिलेसम्मकै महँगो



  • नेपालदीप
  • शुक्रबार, चैत्र ७ २०७६
8.4K
SHARES

काठमाण्डौ  । अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा छ । हिजो डलर एककोे खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसा रहेको थियो । कोरोनाको सङ्क्रमण विश्वभर फैलंदा त्यसकै असरले डलरको भाउ पनि बढेको हो ।

अहिले डलरको भाउ बढ्दा अरु विदेशी मुद्राको भाउ पनि बढेको छ । वैदेशिक रोजगारीमा जानुभएको छ भने यो घरमा पैसा पठाउने सही समय भएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताउनुभयो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा थियो ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार