सोमबार, साउन ३० २०७९

भक्तजनलाई मन्दिर प्रवेशमा रोक



  • नेपालदीप
  • शुक्रबार, चैत्र ७ २०७६
22K
SHARES

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस(कोभिड-१९)को संक्रमणको बहानामा मन्दिरहरुमा भक्तजनलाई प्रवेश निषेध गर्ने भएको छ। काठमाडौँका संकटा मन्दिर, महाँकाल मन्दिर, तेबाहल भद्रकाली मन्दिरमा प्रवेशमा रोक लगाउन लागिएको हो।

काठमाडौँ महानगरपालिका वार्ड न २२ अध्यक्ष थिनी काजी महर्जनले संकटा मन्दिर संरक्षण तथा व्यवस्थापन समितीलाई सो निर्णय कार्यान्वयन गर्न पत्राचार गरेका हुन्। हिजो मात्रै एक अनलाइनले इटालीमा चर्च बाट कोरोना संक्रमण फैलिएको भन्दै मन्दिरहरुमा आवत जावत बन्द गर्ने आशयको समाचार प्रकाशित गरेको भोली पल्ट नै मन्दिरहरु बन्द गर्ने निर्णय आएको हो। सो पत्रमा नित्य पुजा बाहेक भक्तजनहरुलाई प्रवेश निषेध गर्ने उल्लेख छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार