सोमबार, साउन ३० २०७९

अबदेखि काठमाडौंमा घर बनाउन ४ आना जग्गा अनिवार्य



  • नेपालदीप
  • मंगलबार, जेष्ठ २४ २०७९
1.2K
SHARES

काठमाडौं। सहरी तथा सहरोन्मुख क्षेत्रमा खाली जग्गा देख्नेबित्तिकै प्लटिङ गर्ने र घडेरीका रुपमा बिक्री वितरण गर्ने क्रम अत्यधिक रुपमा बढेपछि सरकारले त्यसलाई रोक लगाउने भएको छ।

विशेषगरी जग्गा कारोबारीले जस्तासुकै जग्गा पनि कागज मिलाएर खण्डीकरण गर्ने, अत्यधिक मूल्य लिएर बिक्री वितरण गर्ने गरेको पाइएपछि मन्त्रालयले त्यसमा रोक लगाउन लागेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार अब काठमाडौँ उपत्यकाभित्र पाँच सय वर्ग मिटरभन्दा कम क्षेत्रफल भएका कुनै पनि जग्गाको खण्डीकरण गर्न पाइने छैन।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार नयाँ व्यवस्था लागू भएपछि काठमाडौँ उपत्यकाभित्र अत्यधिक मात्रामा बढ्दै गएको जग्गाको खण्डीकरण रोकिनेछ ।

काठमाडौँ उपत्यका, तराई र भित्री मधेस बाहेकका भूभागमा भने एक हजार वर्ग मिटरभन्दा कमका जग्गा प्लटिङ गर्न पाइने छैन। आवासीय क्षेत्रका रुपमा वर्गीकरण गरिएको जग्गाको हकमा पनि नियमावलीमा अर्को व्यवस्था गरिएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार