
विराटनगर। मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित एउटा उद्योगमा कार्यरत मजदुरको लडेर शुक्रबार राति मृत्यु भएको छ । मैदा र चोकर उत्पादन गर्दै आएको गौमती फुड प्रालि नामक उद्योगमा कार्यरत बूढीगंगा–३ का ३० वर्षीय मनोज खवासको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार उद्योगको मेसमा खाना खानलाई जाने क्रममा राति ९ बजेतिर लडेर खवास गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागेका उनलाई तत्काल उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। डीएसपी श्रेष्ठले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।