मंगलबार, असार १४ २०७९

तारमा चढेका व्यक्तिको उद्धार गर्न सेनालाई उर्जामन्त्रीको आग्रह,हेलिकोप्टरको प्रयोग गर्न सुझाव



  • नेपालदीप
  • शनिबार, जेष्ठ २८ २०७९
1.7K
SHARES

काठमाडौं।  उर्जामन्त्री पम्फा भुसालले नुवाकोटमा त्रिशुली ‘थ्री ए’ को प्रसारण लाइनमा रहेका ब्यक्तिको उद्धार गर्न नेपाली सेनालाई आग्रह गरेकी छन्।

बेलकोटगढी नगरपालिका निवासी प्रेम बिक आज दिउँसो त्रिशुली ‘थ्री ए’ को प्रसारण लाइनको तारमा चढेका थिए। उनी तारमा चढेपछि विद्युतसमेत अवरुद्ध भएको छ। उनलाई उतार्ने प्रयास गरे पनि सफल हुन सकेको छैन।

यस्तो बेला उर्जामन्त्री भुसालले विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकोप्टरबाट भए पनि उद्धार गर्न सेनालाई आग्रह गरेकी हुन्। उनले उद्धारमा साथ दिन सम्बन्धित सबैलाई आग्रहसमेत गरेकी छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट