मंगलबार, असार १४ २०७९

खुम्बु क्षेत्र भ्रमणमा आएका दुई जना विदेशी पर्यटक २४ दिनदेखि बेपत्ता



  • नेपालदीप
  • मंगलबार, जेष्ठ ३१ २०७९
817
SHARES

सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई जना विदेशी पर्यटक २४ दिनदेखि सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन हुनेमा भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया महिला योहन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

गएको जेठ ५ गते मञ्जो जोरसल्ले चेकपोष्टमा इन्ट्री भएर आधार शिविरतर्फ लागेका दुवै पर्यटक त्यसयता सम्पर्कमा आउन नसकेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए। पर्यटकहरूको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । सोही कार्यालयमा पर्यटक सूचना केन्द्रसमेत रहेको छ।

भारतीय नागरिक सम्पर्कविहीन भएको भन्दै खोजीमा सहयोग गरिदिन भारतीय दुतवासबाट टेलिफोन आएको र कोरियन नागरिक परिवारको सम्पर्कमा नभएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ।

पथप्रदर्शक विना खुम्बु घुम्न आएका उनीहरूको खोजीका लागि खुम्बु क्षेत्रका लुक्ला, नाम्चे, खुम्जुङस्थित सबै प्रहरी इकाईलाई सक्रिय बनाइएको प्रनाउ शाहले बताए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट