मंगलबार, असार १४ २०७९

मन्त्री विमला ओलीको चर्तिकला: प्रेमीको घरमा गएर ‘मेरो पोइ खोइ’ भन्दै श्रीमतीलाई कुटिन्



  • नेपालदीप
  • मंगलबार, जेष्ठ ३१ २०७९
2.8K
SHARES

काठमाडौं। लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले आफ्ना प्रेमी एकराज बस्नेतकी श्रीमतीलाई हातपात गरेकी छिन्। मंगलबार बिहानै प्रेमी बस्नेतको घर पुगेर ‘मेरो एकराज, मेरो पोइ खोइ’ भन्दै विलाप गरेको उनकी श्रीमतीले बताएकी हुन्।

एकराजकि पत्नीले प्रहरीलाई दिएको बयान यस्तो छ, ‘बिहानै आएर गेटमा बेस्सरी हल्लाइ। को रहेछ भनेर गएँ। बाहिरबाट ‘ढोका खोल, ढोका खोल, भनेको सुनिनस्’ भन्दै चिच्याइरहेकी थिई। मैले ढोका खोलेँ। भित्र आउनासाथ ‘मेरो एकराज खोइ?’ भन्दै पर्दाहरु तानेर छिनाइ। झुल पनि तानेर फाली। ‘मैले किन्देको लुगा’ भनेर सबै लुगा मिल्काइदिइई। अनि मलाई गालामा हानी। मेरो लुगा पनि च्यातचुत पारी। अर्को कोठामा गएर नानीलाई पनि हानिछे। नानी स्कुल जान ड्रेस लगाएर बसेकी थिई। अहिले रोइरहेकी छे। उसले एकराज मेरो पोइ हो भनिरहेकी थिई।’

उनलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कडा सुरक्षामा राखिएको छ। घटनापछि मीनाले आफ्नो जेठाजुलाई खबर गरेकी थिइन्। जेठाजुले प्रहरी बोलाएका थिए। ईप्रका तुल्सीपुरको प्रहरी आएर एकराजको कोठाबाट विमलालाई नियन्त्रणमा लिएको थियो। घटना हुँदा एकराज घरमा थिएनन्।

विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा निधन भएको थियो। गत वर्ष भदौमा विमलाले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरेको फोटो हालेकी थिइन्। उक्त फोटो भाइरल भएपछि तस्वीर एडिट गरिएको र एकराज आफ्नो भाइ पर्ने दावी गरेकी थिइन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट