सोमबार, साउन ३० २०७९

असार १५सम्म ८० लाख मेट्रिक टन मल आउँछ : कृषिमन्त्री यादव



  • नेपालदीप
  • मंगलबार, जेष्ठ ३१ २०७९
1.5K
SHARES

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री महेन्द्रराय यादवले असारसम्म ८० लाख मेट्रिक टन मल उपलब्ध हुने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा कृषि मन्त्रालयको विनियोजन बजेटमाथि छलफलमा उठेका प्रश्नको जबाफ दिँदै मन्त्री यादवले भारतबाट ८० लाख मेट्रिक टन मल असारसम्म आइपुग्ने बताएका हुन्।

‘डीएपी र युरिया मल ८० लाख मेट्रिक टन असारसम्म आउँछ,’ उनले भने,’ अहिले हामीसँग १४ हजार मेट्रिक टन मल मौज्दात छ।’ उनले असार १५ सम्म साल्ट ट्रेडिङबाट टेन्टर भएका मल पनि उपलब्ध हुने बताए।

यस्तै, मन्त्री यादवले मल कारखाना निर्माणको विषय पनि चाँडै टुंगो आश्वासन दिए। यसका लागि बजेट विनियोजन भइसकेको र कारखानाको बारेमा छलफल भइरहेको बताए।

उनले कृषि उपज संरक्षणका लागि शीतभण्डार र अन्न भण्डार निर्माणका लागि स्थानीय तहसँगको सहकार्यमा सरकारले बजेट विनियोजन गरेको बताए।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार