मंगलबार, असार १४ २०७९

आईजीपी बढुवाविरुद्ध एआईजी पोखरेलले दायर गरेको रिटमा आज सुनुवाइ हँदै



  • नेपालदीप
  • आइतबार, असार ५ २०७९
1.5K
SHARES

काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ।

गत जेठ ३० मा हेर्दाहेर्दैमा राखिएको रिटको पेशी आजका लागि तोकिएको हो। बैशाख १८ गतेको मन्त्रीपरिषद् बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि असन्तुष्ट देखिएका एआईजी विश्व प्रकाश पोखरेलले सर्वोच्चतमा रिट दायर गरेका थिए।

सरकारले पहिलो वरीयतामा रहेका एआईजी पोखरेललाई महानिरीक्षक नबनाई तेस्रो वरीयतामा रहेका सिंहलाई आईजीपी बनाएपछि यो विवाद अदालतमा पुगेको हो। पोखरेलले आफूभन्दा कनिष्ठलाई आईजीपी नियुक्त गर्नु प्रहरी ऐनविपरीत भएको भन्दै रिट दायर गरेका हुन्।

कायम मुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा रिटमाथिको सुनुवाइ भइरहेको छ। ३० गते निवेदकका तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरेका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट