मंगलबार, असार १४ २०७९

‘एआइजी हुँदा सिंहले एक महिनामा के चमत्कार गरे जुन पोखरेलले १७ महिनामा गर्न सकेनन्?’



  • नेपालदीप
  • आइतबार, असार ५ २०७९
7.4K
SHARES

काठमाडौं। प्रहरी महानिरीक्षकको नियुक्तीविरुद्ध परेको मुद्दामा आज सर्वोच्चमा बहस जारी छ। वादी विश्वराज पोखरेलका तर्फबाट तीन जना वकिलले बहस गरिरहेका छन्।

अधिवक्ता हरि उप्रेतीले एक महिनाअघि मात्रै एआईजी बनेका धीरजप्रताप सिंहलाई के आधारमा आईजीपी बनाइयो भन्ने प्रश्न उठाएका।पोखरेलका तर्फबाट बहस गर्दै उनले भने, ‘अहिलेको आईजीपी नियुक्ति सीधै डीआईजीबाट गरिएको नभएर एआईजीबाट गरिएको हो।एआईजीको पदमा रहेर कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गरिएको हो। तर, जम्मा एक महिनामात्रै एआईजी बनेका धीरजप्रतापले के त्यस्तो चमत्कारी काम गरे जुन विश्वराज पोखरेलले १७ महिनामा गरेका थिएनन्?’

एक महिना अगाडि मात्रै डीआईजीबाट एआईजीमा बढुवा गरिएका सिंहलाई सरकारले गत वैशाख १८ गते आईजीपी बनाउने निर्णय गरेको थियो। त्योभन्दा १७ महिनाअघि एआईजी बनेका पोखरेलले सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट हालेका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट