मंगलबार, असार १४ २०७९

डिएसपीले गुण्डालाई कारागारमा भेट्नु अस्वभाविक, विभागिय कारवाही गर्न समितिको सिफारिस



  • नेपालदीप
  • सोमबार, असार ६ २०७९
1.3K
SHARES

काठमाडौँ। केन्द्रीय कारागारमा रहेका ‘गुण्डा’ समीरमानसिंह बस्नेतलाई डीएसपी मिलन केसीले भेटेकोबारे छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ। डीएसपी केसीको गतिविधि ‘गैर व्यवसायिक’ भएको ठहर गर्दै छानविन समितिले प्रतिवेदन बुझाएको हो।

जेठ २९ मा उनले जिल्ला प्रहरी परिसर काठमाडौंलाई जानकारी नदिई आफुसँगै अर्का एकजनालाई लगेर केन्द्रीय कारागारमा भेटेका थिए।स्वयम्भु वृत्तमा कार्यरत डीएसपी केसीले बस्नेतलाई भेटेको बाहिरिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ ३१ मा छानविन समिति गठन गरेको थियो। एसपी दिनेशराज मैनाली नेतृत्वको समितिले प्रतिवेदन बुझाएको हो।

डीएसपी केसीले पदीय आचरण बमोजिम काम नगरेको ठहर गर्दै समितिले विभागीय कारवाही गर्न सिफारिस गरेको छ। छानविन प्रतिवेदनको आधारमा प्रक्रिया अघि बढाइनेछ। बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनलाई गोली हानेर हत्या गरेको आरोपमा थुनामा छन्।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट