मंगलबार, असार १४ २०७९

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश



  • नेपालदीप
  • सोमबार, असार ६ २०७९
912
SHARES

काठमाडौँ। नेपाली महिला क्रिकेट टाेली मलेसियामा भइरहेकाे एसीसी महिला टी–२० च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज साेमवार भएको समूह चरणको तेस्रो खेलमा बहराइनलाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

मलेसियाको किनरारा ओभलमा वर्षाका कारण सात ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बलमा दुई विकेट गुमाएर पूरा गर्दा अन्तिम चारको यात्रा तय भएको हो ।

१५ रनको सामान्य लक्ष्य पछ्याएर ब्याटिङ गरेको नेपालका लागि सीता राना मगरले चार रन बनाउँदा कविता जोशीले तीन रन बनाइन् । बहराइनका लागि पावितार सेट्टी र भिटिका बारभोजाले एक/एक विकेट लिए ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको बहराइनले ६ विकेट गुमाएर १४ रन बनाएको हो ।

बहराइनका लागि इशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । नेपालका लागि कविता कुँवर र सबनम राईले दुई/दुई विकेट लिए ।

जितसँगै नेपाल तीन खेलबाट ६ अङ्क जोडेर शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । अब अन्तिम खेलमा नेपालले हङकङसँग भाेलि मङ्गलवार खेल्नेछ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले र दाेस्राे खेलमा कुवेतलाई २५ रनले हराएकाे थियो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट