
काठमाडौँ। आठ वर्षअघि किशाेरीलाई बलात्कार गरेकाे आराेपमा पक्राउ परेका मनाेज पाण्डे भनिने मनाेजकुमार जैशी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
पाण्डे आज साेमवार डिल्लीबजार कारागार चलान भएका जिल्ला प्रहरी परिसर काठमाण्डाैले जनाएकाे छ । आज जिल्ला अदालत काठमाण्डाैका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले पाण्डेलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
सन् २०१४ मा भएकाे मिस ग्लाेबल इन्टरनेशनल प्रतियाेगितमा सहभागी एक किशाेरीले सौन्दर्य प्रतियोगिताका नाममा आफूलाई आठ वर्षअघि पटक-पटक बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमा भनेकी थिइन् । त्यसपछि अर्की एक बालिकाले आफूलाई पनि मनाेज पाण्डेले याैन शाेषण गरेकाे घटना सार्वजनिक गरेपछि प्रहरीले मनोज पाण्डेलाई गएकाे जेठ ७ गते पक्राउ गरेको हो ।
त्यसपछि काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाएको हाे । मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको कसुरमा पाण्डेलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको थियो ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।