
काठमाडौं । नेपालको एकदमै रुचाइएका नायक तथा अभिनेता सौगात मल्लले तीन महिनाका लागि अभिनयबाट विश्राम लिने भएका छन् । सौगातले भदौ १० गते प्रदर्शन हुने फिल्म राधालाई लक्षित गर्दै आफूले अन्य काम नगर्ने निर्णय गरेको जानकारी दिए ।
‘राधा’ सौगातले निर्माण गरेको पहिलो फिल्म समेत हो । अहिले पोस्टप्रोडक्सन भइरहेको फिल्म राधामा स्वयं सौगात पनि खटिरहेका छन् । उनी अभिनित ‘कबड्डी ४’ले बक्स अफिसमा उच्च कमाइ गरिरहेको छ भने अर्को फिल्म ‘घनचक्कर’ प्रदर्शनको तयारीमा छ ।
अन्य दुई फिल्म गर्ने निश्चित भएपछि ‘राधा’ रिलिजको एक महिनासम्म आफूले केही गर्न नसक्ने सौगातले बताए । उनले निर्देशक समेत रहेका सुवर्ण थापासँग मिलेर ‘राधा’ निर्माण गरेका हुन् ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।