मंगलबार, असार १४ २०७९

रवि लामिछानेको पक्षमा राजाराम पौडेल, किरण केसी र प्रेमराजा महत



  • नेपालदीप
  • मंगलबार, असार ७ २०७९
931
SHARES

काठमाडौं । रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा तीन चर्चित कलाकार राजाराम पौडेल, प्रेमराजा महत र किरण केसी सहभागी भएका छन् ।

राष्ट्रिय सभागृहमा आयोजना भएको पार्टी घोषणा समारोहमा यी तीन कलाकारले उपस्थित भएर समर्थन जनाएका हुन् । लामिछानेको नयाँ पार्टीप्रति समर्थन रहने जानकारी उनीहरुले दिएको स्रोतले दिएको छ ।

यी तीनैजना बरिष्ठ कलाकार रवि निकट मानिन्छन् । किरण र राजारामका फिल्मको प्रिमियरमा रविले पनि भाग लिने गरेका थिए । ‘सिमसिमे पानी’ फेम्ड गायक महत र रवि अमेरिकामा रहँदैदेखि निकट बनेका थिए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट