मंगलबार, असार १४ २०७९

रविको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घन्टी’



  • नेपालदीप
  • मंगलबार, असार ७ २०७९
1.3K
SHARES

काठमाडौ । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने भएका छन्।

रविले आफ्नो पार्टीमा अहिले २१ जना रहेको बताए। पार्टीमा को-को छन् भन्नेबारे उनले खुलाएका छैनन्। तर पार्टीको पहिलो बैठक आजै बसुन्धारामा बस्ने उनले जानकारी दिए।

केन्द्रीय कार्यालय उद्घाटनलगत्तै पार्टीको बैठक बस्नेछ।

उनले पार्टीमा चुनाव चिन्ह भने घन्टी प्रस्ताव गरिएको उनले जानकारी दिए। आजै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने उनले बताए।

‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु,’ रविले भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन्।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट