मंगलबार, असार १४ २०७९

टिपरले पैदलयात्रीलाई ठक्कर दिंदा काठमाडौंमा एकको मृत्यु



  • नेपालदीप
  • बुधबार, असार ८ २०७९
513
SHARES

काठमाडौं। टिपरको ठक्करबाट काठमाडौंमा एक पैदलयात्रुको मृत्यु भएको छ।

काठमाडौंको शंखरापुर नगरपालिका–१ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट पैदलयात्री ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश ३-०१-००६ ख ३४७४ नम्बरको टिपरले गएराति उनलाई ठक्कर दिएको थियो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, दैलेखको भगवतीमाई गाउँपालिका–७ खोरमा ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय जगत बहादुर विकको मृत्यु भएको छ।

कर्णाली प्रदेश ०२-००१ त ०२४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई गएराति सडकबाट अन्दाजी ५० मिटर तल खसेको अस्थायी प्रहरी पोष्ट लोहरे दैलेखले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट