मंगलबार, असार १४ २०७९

रवि लामिछानेको पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी



  • नेपालदीप
  • बुधबार, असार ८ २०७९
646
SHARES

काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

काभ्रेपलाञ्चोकका मनोज पण्डित, राजकुमार बजगाईँ लगायतका व्यक्तिहरुले लामिछाने नेतृत्वकाे स्वतन्त्र पार्टी दर्ता रोकको माग गर्दै आयोगमा निवेदन दिएका हुन्।

स्वतन्त्र शब्दको आफैमा महत्व रहेको र यसलाई दलको नाम दिँदा स्वतन्त्र उम्मेदवारहरुमा असहज परिस्थितिको निर्माण हुने निवेदनमा उल्लेख छ। ‘साथै यसले जनतामा भ्रम र अन्योल उत्पनन गरी स्वतन्त्र शब्दको अपव्याख्या हुने अवस्था भएकाले उक्त दलको नामको विषयमा गहन विश्लेषण गरी निर्णय लिनुहुन अनुरोध गर्दछौं,’ निवेदनमा भनिएको छ।

निवेदक पण्डितले काभ्रेपलाञ्चोक क्षेत्र नं २ बाट आगामी संसदीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन्।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट