
काठमाडौँ। प्रहरी निरीक्षक राजु कुर्मीलाई गृह मन्त्रालयले बर्खास्त गरेको छ।प्रहरी महानिरीक्षकसहित विभिन्न प्रहरी कर्मचारी विरुद्ध बेनामे उजुरी हाल्ने कुर्मीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरि बर्खास्त गरेको हो।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिवासमा रहँदा आर्थिक अनियमितता गरेको र संगठन विरुद्ध गतिविधि गरेको आरोप थियो।उनलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो। गृहले बुधबार बर्खास्त गरेको पत्र हेडक्वार्टर पुगेको हो।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।