मंगलबार, असार १४ २०७९

देशभर थपिए ३१ जना कोरोना संक्रमित



  • नेपालदीप
  • बुधबार, असार ८ २०७९
494
SHARES

काठमाडाैं। नेपालमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ५ सय ७५ पिसिआर परीक्षणका क्रममा २८ जना र ८ सय ५० एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन।

त्यस्तै थप १० जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ३० जना निको भएका छन्।

हाल नेपालमा १ सय ४२ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट