मंगलबार, असार १४ २०७९

अफगानिस्तान भूकम्प अपडेट : कम्तीमा ९ सय २० जनाकाे मृत्यु



  • नेपालदीप
  • बुधबार, असार ८ २०७९
551
SHARES

काठमाडौँ। अफगानिस्तानमा गएको भूकम्पमा परेर कम्तीमा नाै सय २० जनाकाे ज्यान गएको छ । भूकम्पमा परेर कैयौँ मानिस घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भइरहेको छ ।

सामाजिक सञ्जालमा प्राप्त तस्बिहरूमा पहिराे गएकाे र भत्किएकाे घरहरू देख्न सकिन्छ ।

भूकम्पका कारण सबैभन्दा धेरै क्षति पाक्तिका प्रान्तमा भएकाे छ । यस प्रान्तमा घाइतेहरूलाई स्ट्रेचरमा लैजाँदै गरेकाे तस्बिरहरू सार्वजनिक भएकाे छ । दुर्गम ठाउँका घाइतेहरूलाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएकाे छ ।

तालिबान नेता हिबतुल्लाह अखुन्जादाले सयाैँ घर भत्किएकाे र ज्यान गुमाउनेकाे सङ्ख्या बढ्ने सक्ने बताउनुभएकाे छ । अफगानिस्तान सरकारका प्रवक्ता बिलाल करीमीले उद्धार, राहत तथा थप प्रकोप रोक्नका लागि आवश्यक टोली परिचालन भएको बताउनुभएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बिहान ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट झन्डै ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको छ । यो भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतको पाँच सय किलोमिटर धेरै क्षेत्रमा महसुस गरिएको युरोपेली भू–मध्य सागरीय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अन्तिम अपडेट: असार ८, २०७९

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट