मंगलबार, असार १४ २०७९

आज बढ्यो सुनको मुल्य



  • नेपालदीप
  • बिहिबार, असार ९ २०७९
437
SHARES

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। तेजावी सुनको भाउ पनि ९७ हजार पुगेको छ।बिहीबार चाँदीको भाउमा भने गिरावट देखिएको छ।

चाँदीको बुधबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको हो। चाँदी प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट