मंगलबार, असार १४ २०७९

भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै,थपिए १३ हजार ३१ संक्रमित



  • नेपालदीप
  • बिहिबार, असार ९ २०७९
570
SHARES

नयाँ दिल्ली। भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ३१३ नयाँ कोरोना संक्रमित थपिएका छन्। साथै सोही समयमा ३८ जना संक्रमितको मृत्यु भएको छ। भारतमा फेरि एकपटक कोरोना महामारीले गति लिएको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रतिवेदन अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९ सय ७२ जना संक्रमणमुक्त भएका छन्।

भारतमा हाल सक्रिय संक्रमितको संख्या बढेर ८३ हजार (८३,९९० ) पुगेको छ। हिजो बुधाबार १२ हजार २ सय ४९ नयाँ कोरोना संक्रमित थपिएका थिए भने १३ जनाको मृत्यु भएको थियो।

कोरोना संक्रमितको संख्या बढ्दै गएको देखेर केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मण्डवीयले बिहीबार अधिकारीहरूसँग बैठक गर्ने भएका छन्। बैठकमा कोरोनाको बढ्दो संक्रमण नियन्त्रण गर्न छलफल हुनेछ। स्रोतका अनुसार बैठकमा चिकित्सा विज्ञहरू पनि सहभागी हुनेछन्। पछिल्ला केही दिनको कोरोना केसको रिपोर्ट हेर्दा संक्रमणको गति बढेको छ। धेरै विज्ञहरूले यसलाई चौथो लहर पनि भनेका छन्। स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रतिवेदनमा मंगलबार संक्रमितको संख्यामा कमी देखिएको थियो तर, बुधबार र बिहीबार फेरि संक्रमण उकालो लागेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट