मंगलबार, असार १४ २०७९

बुढानीलकण्ठमा महिलाको शव फेला,एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै प्रहरी



  • नेपालदीप
  • बिहिबार, असार ९ २०७९
1.1K
SHARES

काठमाडौं। काठमाडौंको बुढानीलकण्ठमा एक महिलाको शव भेटिएको छ।

बुढानीलकण्ठ नगरपालिका-३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर-८ स्थित भंगालमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ। घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट