
काठमाडौं । ‘नेपहपको श्रीपेच’ले अब चाहि र्याप ब्याटल प्रतियोगिता आयोजना गर्ने भएको छ ।यहि बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘ब्याटल भूमि’बारे जानकारी दिइयो ।
नेपहपको श्रीपेच पर्फमिङ शैलीमा भैरहेको छ भने ब्याटल भूमि प्रतिस्पर्धा मात्र हुनेछ । निर्देशक निकेश खड्काका अनुसार यो प्रतिस्पर्धा पर्फमिङ र्याप नभएर ब्याटल र्याप मात्र हो ।
उनका अनुसार यो प्रतिस्पर्धामा भोटिङ राउन्ड नभएर निर्णायकको निर्णयमात्र लागू हुनेछ । एएनटीएफ र रअ बार्ज पनि र्याप ब्याटल कार्यक्रम हुन् ।
ब्याटल भूमिको प्रतिस्पर्धामा भाग लिन चाहनेले डिजिटल अडिसनमार्फत सहभागी हुन सक्नेछन् । आज बेलुका ५ बजे देखि २ जुलाईसम्म अडिसन खुल्ला रहने जनाइएको छ । डिजिटल अडिसनका लागि गीतको बिटमा १ मिनेटभन्दा लामो भिडिओ पठाउनुपर्नेछ ।
उक्त रियालिटी सोमा निर्णायकको रूपमा मानस घले, कवि–जी छन् भने अर्का एक निर्णायकको घोषणा गरिनेछ । सुदिप पोख्रेल र रोशन श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् । होस्टका रूपमा कोइन्च–जी छन् ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।