मंगलबार, असार १४ २०७९

माओवादी लडाकु,बन्दुक र युद्धको छायाँमा बनेको ‘दोख’को दोस्रो टिजर



  • नेपालदीप
  • बिहिबार, असार ९ २०७९
836
SHARES

काठमाडौं ।  ‘दोख’ अनुप बराल निर्देशित फिल्म हो। उक्त फिल्मको दोस्रो टिजर युट्युबमा सार्वजनिक भएको छ । जुन टिजरमा १ मिनेट २२ सेकेन्ड लामो टिजरमा दीया मास्के, मनिष निरौला लगायतलाई देखाइएको छ।

उक्त चलचित्रमा गाउँको विद्यालयका शिक्षकको भूमिकामा देखिएका मनिष र दीयाबीचको सम्बन्धलाई दर्शाउन टिजरमा प्रयत्न गरिएको छ । दुवै जनालाई दुश्मन बताउँदै माओवादी लडाकुले गरेको कुटपिटलाई पनि चित्रण गरिएको छ ।

सोहि चलचित्र असार २४ गते रिलिजको तयारीमा रहेको फिल्मले खेलमार्फत तत्कालीन राजनीति र समाजको विश्रृंखलतालाई प्रस्तुत गरेको छ । फिल्ममा दीया र मनिषसहित लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप श्रेष्ठ लगायतको अभिनय छ ।

शैलेन्द्रध्वज कार्कीको छायांकन, आभाषको संगीत, श्रवण मुकारुङको शब्द र उत्तम न्यौपानेको ध्वनि रहेको फिल्मलाई समीक्षकले रुचाउने विश्वास लिइएको छ । कोरोना महामारी र निर्माणमा भएको ढिलाइको कारण फिल्म अन्ततः प्रदर्शन हुन लागेको हो ।

फिल्मलाई राजन कठेतले लेखेका हुन् । सविन ज्ञवाली र मनोज अधिकारीले फिल्म निर्माण गरेका हुन् ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट