मंगलबार, असार १४ २०७९

एमाले भन्दा अगाडी हुने चाहना थियो पुरा भएन : प्रचण्ड



  • नेपालदीप
  • बिहिबार, असार ९ २०७९
1.2K
SHARES

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा सोचेजस्तो परिणाम नआएको बताएका छन्।

ललितपुरमा पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रममा उनले वामपन्थी आन्दोलनको पहिलो र देशको दोस्रो पार्टी बन्छ भन्ने आंकलन गरेको भएपनि असफल भएको बताए।

प्रचण्डले भने, ‘स्थानीय तहको निर्वाचनमा सोचेको जस्तो पार्टीको पक्षमा परिणाम आएन। गठबन्धन र पार्टीको मेहनत अनुसार १७०-१७५ सिट आउँछ भन्ने लागेको थियो। एमाले पनि १६०-१७० तिर झर्छ भन्ने लागेको थियो। तर, हामी १२२ सिटमा सीमित भयौँ।’

उनले आगामी निर्वाचन आइसकेको हुनाले निर्वाचनको तयारीमा लाग्न निर्देशनसमेत दिए।

उनले भने, ‘अरुले हामीले ल्याएको संघीयता र संविधान उल्टाउन चाहेका छन्। हामीले त्यसको रक्षा गर्न आवश्यक छ। निर्वाचन माओवादीका लागि जीवन र मरणकै लडाइँ हो। त्यसकारण सबै संगठन विस्तारमा लाग्नुपर्छ।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट