सोमबार, साउन ३० २०७९

अनुपम खेर पूजाआजा गर्न पशुपतिमा



  • नेपालदीप
  • शुक्रबार, असार १० २०७९
2.1K
SHARES

काठमाडौं । भारतीय चलचित्र क्षेत्र अर्थात् बलिउड अभिनेता अनुपम खेर र नेपालबीच सुमधुर अनि निकट सम्बन्ध छ । खेर प्रायः विभिन्न कामका सिलसिलामा नेपाल आइरहन्छन् । उनकै मुख्य भूमिका रहेको फिल्म ‘उचाइ’को छायांकन केही महिनाअघि नेपालका हिमाली क्षेत्रमा भएको थियो ।

उनी अहिले एक मोटिभेसनल कार्यक्रमको वक्ता भनेर खेर पुनः नेपाल आइपुगेका छन् । हायात होटलमा आयोजित कार्यक्रममा उनले बिहीबार दिउँसो जीवन बाँच्ने कला र आशावादिताबारे अनुभव र ज्ञान बाँडे ।

उनी बुधबार काठमाडौं आइपुगेका थिए र एक दिन बसेर बिहीबार बेलुका भारत फर्किएका छन् । एक बीमा कम्पनीले उनलाई वक्ताको रुपमा नेपाल ल्याएको थियो ।

खेरले बिहीबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पूजाआजा गरे । उनले पशुपतिमा जाँदा आफूलाई ऊर्जा प्राप्त हुने भन्दै खुसी व्यक्त गरे ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार