सोमबार, साउन ३० २०७९

सत्ता गठबन्धनको बैठक: पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति



  • नेपालदीप
  • शनिबार, असार ११ २०७९
1.5K
SHARES

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सो सहमति भएको हो ।

बैठकमा शनिबार वा भोलि आइतबार मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति भएको एक नेताले जानकारी दिए ।

नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्लो पटक इन्धनमा भारी मूल्यवृद्धि भएपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार