सोमबार, साउन ३० २०७९

पेट्रोलियम पदार्थको मूल्य घट्याे,कति छ नयाँ मूल्य ?



  • नेपालदीप
  • शनिबार, असार ११ २०७९
1.7K
SHARES

काठमाडौँ। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए ।

पेट्रोलियम पदार्थको मूल्यका विषयमा सरकारको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आज (शनिबार) उनले पेट्रोलमा २० रुपैयाँ र डिजेल, मट्टितेलमा २८ रुपैयाँ घटाइएको बताए ।

सरकारले मूल्य घटाएसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७९ र डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६३ कायम भएको छ । अहिले पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ रहेको छ ।

त्यस्तै डिजेल र मट्टीतेलको मूल्य हाल १९२ रुपैयाँ रहेको छ । नयाँ कायम भएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने बताइएको छ ।

यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार