सोमबार, साउन ३० २०७९

घट्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति ? (सूचीसहित)



  • नेपालदीप
  • आइतबार, असार १२ २०७९
1.5K
SHARES

काठमाडौं। सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटेको छ।

आज (आइतबार) यातायात व्यवस्था विभागले एक सूचना निकालेर अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको जानकारी दिएको हो।

सूचनामा उल्लेख भएअनुसार यात्रीवाहक सवारीमा साबिकको भाडादरमा ५.४१ प्रतिशत भाडा घटाइएको छ।

त्यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको छ।

नयाँ भाडादर आजकै दिनदेखि लागु हुने यातायात व्यवस्था विभागले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार