सोमबार, साउन ३० २०७९

काठमाडौंको मित्रनगरबाट कटुवा पेस्तोलसहित दुईजना प्रहरी नियन्त्रणमा



  • नेपालदीप
  • आइतबार, असार १२ २०७९
1.3K
SHARES

काठमाडौं। काठमाडौंको नयाँ बसपार्कस्थित मित्रनगरबाट कटुवा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६ मित्रनगरिस्एथत उटा खाजाघरमा कटुवा पेस्तोलसहित उनीहरूलाइई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ धोबीचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी बर्दघाट–१४ चौपत्ताका ३० वर्षीय राजु विक रहेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।

उनीहरूका साथबाट एक थान कटुवा पेस्तोल, एक थान गोली र गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार