सोमबार, साउन ३० २०७९

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै



  • नेपालदीप
  • मंगलबार, असार १४ २०७९
1.3K
SHARES

काठमाडौँ। आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।  दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हुनेछ ।

त्यसैगरी जसपाले पनि हालका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेकोले सो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको अन्तिम बैठक हुन सक्ने जसपा निकट स्रोत बताउँछ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार