सोमबार, साउन ३० २०७९

अमेरिकामा प्रधान सेनापति शर्मा उच्चस्तरीय भेटघाटमा व्यस्त



  • नेपालदीप
  • मंगलबार, असार १४ २०७९
2.5K
SHARES

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका क्रममा यतिबेला अमेरिकामा छन् । शान्ति सेनामा खटिएको नेपाली सेनाको सिरिया र लेबनास्थित फौजको अवलोकनपछि प्रधान सेनापति शर्मा सोमबार त्यहाँ पुगेका हुन् ।

उनले पहिलो दिन भर्जिनियास्थित नेसनल म्युजियम अफ मेरिन कर्प्स र मेरिन कर्प्स बेसको अवलोकन गरेका छन् । त्यसक्रममा शर्माले मेरिन कर्प्स वार फाइटिङ ल्याबेरोटरीका कमान्डिङ जनरल ब्रिगेडियर जनरल कायल बी एलिसनसँग भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनले मारिन कर्प्स कमान्ड एन्ड स्टाफ कलेजको पनि अवलोकन गरेका छन् । केही समयअघि मात्र अमेरिकी सेनाका प्यासिफिक कमान्डरले नेपाल भ्रमण गरेका थिए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार