सोमबार, साउन ३० २०७९

३२ एसएसपीमा बढुवा हुन दौडधुप: शक्ति केन्द्रको प्रभावले वरिष्ठता मिचिने एसपीहरुमा डर



  • नेपालदीप
  • मंगलबार, असार १४ २०७९
6.4K
SHARES

काठमाडौं। नेपाल प्रहरीमा रिक्त एसएसपीमा बढुवा हुन दौडधुप सुरु भएको छ । १७ जना डीआईजी बढुवा सिफारिस भएसँगै प्रहरीमा ३२ जना एसएसपी दरबन्दीको लागि केही दिनमा बढुवाको प्रक्रिया सुरु गर्ने तयारी छ।

रिक्त दरबन्दीमा बढुवा हुन एसपीहरूले दौडधुप सुरु गरेका छन्। धेरैले शक्ति केन्द्र धाएर वरीयतामा अगाडि आउन खोजेका छन्। जसले गर्दा सम्भावित एसपीका प्रतिस्पर्धीहरुलाई आफ्नो स्थान खोसिने पिर लागेको छ।

यदी वरियता एवं वरिष्ठताको आधारमा बढुवा भएमा पहिलो नम्बरमा एसपी दिल्लीराज विष्ट र दोेस्रोमा गणेश चन्द हुनेछन्। उनीहरू सिनियर ब्याचका एसपीहरू हुन्।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानमा विष्ट बर्खास्तीमा परेका थिए । अदालतबाट उनले सफाइ पाइसकेका छन् । उनका ब्याचका सबै एसएसपी र केही डीआईजीको सिफारिसमा समेत छन् । यसबाहेक राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर ०५८ बाट नेपाल प्रहरीमा प्रवेश गरेका तीन ब्याचका १८ जना र नेपाल प्रहरीकै तीन ब्याचका १६ जना एसएसपीको दौडमा छन् ।

यसबाहेक सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ, सञ्जीव शर्मा दास, विमल बस्नेत, मनोज यादव, दिलिपसिंह देउवा एसएसपीको प्रतिस्पर्धामा छन् ।

२०५४ मा राष्ट्रिय अनुसन्धान विभागबाटै प्रहरी सेवामा प्रवेश गरेका विनोद घिमिरे, दीपक बस्नेत, जयराज सापकोटा, रामेश्वरप्रसाद यादव, शारदाप्रसाद चौधरी र दीपेन्द्र घर्ती पनि एसएसपी बन्ने दौडमा छन् ।

एसपी राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल र दानबहादुर कार्की, राजेन्द्रप्रसाद भट्ट, किसन सिंह थापा, गोविन्द थपलिया, दिनेशराज मैनाली, सुदर्शनप्रसाद कोइराला, दिनेशकुमार आचार्य, अरुण पौडेल, जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी, लोकेन्द्र श्रेष्ठ, विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रकाश अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, सोमेन्द्र सिंह राठौर सविन प्रधान, भूपेन्द्र खत्री पनि बढुवाको लाइनमा छन् ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार