सोमबार, साउन ३० २०७९

तेजेन्द्रको लापरवाहीले सचिनको भविष्य अन्धकार !!!



  • नेपालदीप
  • मंगलबार, असार १४ २०७९
1.8K
SHARES

आजभन्दा लगभग १ बर्षअघि के छ हजुर भनेर रमाइलो पाराले गफ गर्ने अनि गीत गाएर नेपाली दर्शकको मन जितेका सानो बाबु सचिन परियारलाई इन्द्रेणीका संचालक कृष्ण कंडेलले कक्षा १२ सम्म पढाउने पुरै जिम्मा लिएका थिए। तर पनि सचिनले स्कुल नटेकेको ६ महिना पुगिसक्यो।

इन्द्रेणीका संचालक तथा सञ्चारकर्मी कृष्ण कँडेलले चन्दा उठाएर कक्षा १२ सम्म पढाइदिने गरी सचिनलाई गौशालास्थित हिमाली इङ्लिस बोर्डिङको जिम्मा लगाएका थिए । तर, ६ महिनासम्म अनुपस्थित भएपछि बोर्डिङले सचिनलाई ‘रेस्टिकेट’ गरिदिएको छ । सचिन मात्र होइन, सोही बोर्डिङमा होस्टेल बसेर पढ्ने उनकी बहिनी सोनियाको समेत पढाइ छुटेको छ ।

केही दिनअघि सचिनको भिडियो खिचेर माग्दै हिँडेको भनी कसैले टिकटकमा पोस्ट गरिदिएको सचिनका! बुबा तेजेन्द्रले बताए । उनले भने, ‘बच्चा हो, माग्यो पनि होला तर बाउआमाले माग्ने बनाएको भनी हामीमाथि गालीगलौज आइरहेको छ ।’

नेपाली युट्युबरले रातारात भाइरल गराएका बालक सचिन परियार शारीरिक रूपमा त अस्वस्थ थिए नै, अहिले छिनमै भनेका कुरा छिनमै बिर्सने समस्यासमेत उनमा देखिन थालेको छ । केही महिनाअघि निमोनिया भएर हप्तौँ थला परेका थिए । अहिले नशासम्बन्धी समस्यासँग जुधिरहेका छन् । उनको वजन वृद्धि भएको छ तर उचाइ भने बढिरहेको छैन ।

सचिनका बुबा तेजेन्द्रले हप्तौँ, महिनौँसम्म मेला, महोत्सवमा डुलाउँदा सचिनको पढाइ खस्किएको उपाध्याय बताउँछन् । उनका अनुसार, नर्सरीमा सचिन प्रथम भएका थिए । एलकेजीमा उनले मध्यम अंक ल्याए । यूकेजीमा त केही विषय पास नै गर्न सकेनन् । ‘एकपल्ट होइन, दुईपल्ट होइन । बारम्बार तेजेन्द्रजीले दुई दिनमा ल्याइदिन्छु भन्दै सचिनलाई लानुहुन्थ्यो अनि हप्ता दिनपछि ल्याइदिनुहुन्थ्यो’, उपाध्यायले भने, ‘परीक्षामा समेत सचिन उपस्थित हुन पाएनन् । एक हदसम्म त हामीले सहेकै हौँ । तर, स्कुलले सधैँ आफ्नो नियम तोडिएको हेर्न सक्दैन ।’

गत पुस १८ देखि सचिन स्कुल गएका छैनन् । लगातार अनुपस्थित भएपछि उनको कोटामा अर्का एक बालकलाई पढाउन लागिएको उपाध्यायले बताए । होस्टेलका बच्चालाई जुन बेला पायो, त्यही बेला नलैजानुस् भन्दा सचिनका बुबाले गालीगलौज गर्ने गरेको वार्डेन दीपु परियारले बताए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार