सोमबार, साउन ३० २०७९

ऋषि धमलाको त्यो प्रश्न जसले वामदेव गौतमलाई चुनाव हरायो…



  • नेपालदीप
  • मंगलबार, असार १४ २०७९
1.5K
SHARES

काठमाडौँ। पूर्वएमाले नेता वामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियान पार्टीको पहिलो केन्द्रीय कमिटि बैठकपछि गरिएको पत्रकार सम्मेलनमा रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाका कारण २०७४ को प्रतिनिधिसभा निर्वाचन हारेको गुनासो गरेका छन्।

गौतमको नयाँ पार्टीले उनै धमलाको रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरिरहेको छ। त्यहिँ गौतमले त्यसोत गुनासो गरेका हुन्।

गौतमले भने, ‘मलाई राम्रै थाहा थियो २०७४ को निर्वाचनपछि म प्रधानमन्त्री बन्न सक्दिनँ। ऋषिजीले मलाई बाध्य पार्नुभो, उम्मेदवार त बन्नुहुन्छ तपाईँ, किन बन्नुहुन्न ?’

त्यसपछि आफू बाध्य भएर ‘अब पार्टीले बनाए, उठाएछ भने, अगाडि सारेछ भने उम्मेदवार बन्ने क्षमता त छ नि त मसँग’ भनेर भनेको उनले स्मरण गरे ।

‘प्रधानमन्त्री त भइहालिएछ भने मैले अरुले भन्दा कम होइन धेरै नै काम गर्नसक्छु । त्यो क्षमता त छ मसँग भनेर मैले भनेँ त्यसरी भन्याँ’थे मैले,’ उनले भने । त्यसपछि त्यही कुरासँगै धेरै कुरा आएको उनले बताए ।

‘आधा एउटा अध्यक्ष प्रधानमन्त्री हुने, आधा अर्को अध्यक्ष प्रधानमन्त्री हुने हाम्रो सम्झौता थियो । त्यो मलाई थाहा थियो,’ गौतमले भने,‘मैले प्रधानमन्त्री बन्छु भनेपछि दुवैका पक्षधरले यसलाई यहीँ हराइदिएपछि त त्यहाँ गएर केही लफडा नै हुँदैन, भनेर हराउन लाग्नुभो ।’

त्यसपछि फर्किएर आफूले धमलासँग गुनासो गरेको पनि उनले बताए । ‘पछि उहाँलाई बडो दु:ख ब्यक्त गरेँ । तपाईँले त्यो प्रश्न सोध्नु हुन्थेन । मलाई बाध्य गर्नु भो जसले गर्दाखेरि म हार्ने कारण बन्यो,’ गौतमले भने ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार