सोमबार, साउन ३० २०७९

कम्युनिस्टहरु नमिले कांग्रेसले गठबन्धन बिनै बहुमत ल्याउँछः गौतम



  • नेपालदीप
  • मंगलबार, असार १४ २०७९
2.1K
SHARES

काठमाडौं । नेकपा एकता राष्ट्रियता अभियानका संयोजक वामदेव गौतमले कम्युनिष्ट पार्टीबीच एकता वा कार्यगत एकता नभए आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने दाबी गरेका छन् ।

रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिष्ट आन्दोलन धरासायी हुने अवस्था देखेको बताउँदै उनले यस्तो बताएका छन् ।

‘आज मैले देखिरहेको छु । यो कम्युनिष्ट आन्दोलन धरासायी भइरहेको छ,’ उनले भने,‘एकता अथवा कार्यगत एकता गर्न सकेनन् भने, या त  गठबन्धनकै सहारामा कांग्रेसले बहुमत प्राप्त गर्नेछ त्यो नभएपछि प्रतिनिधिसभा र प्रदेशसभामा सबभन्दा ठूलो पार्टी बन्नेछ ।

त्यसको ५ वर्षसम्म नेपाली कांग्रेसकै नेतृत्वमा राज्यका संरचनाहरू रहने उनले दाबी गरे । ‘त्यसपछि नेपाली कांग्रेसलाई गठबन्धनको आवश्यकता पर्ने छैन, दोस्रो निर्वाचनमा,’ गौतमको भनाइ थियो ।

नेपाली कांग्रेस नेतृत्वमा भएका बेला यो देशले ठूलाठूला संकट व्यहोर्नुपरेको गौतमले बताए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार