सोमबार, साउन ३० २०७९

ओलीको प्रक्षेपण: एमसीसी जस्तै एसपीपीमा पनि सुरुमा आन्दोलन गरेर अन्तिममा पास गर्छन !



  • नेपालदीप
  • मंगलबार, असार १४ २०७९
1.9K
SHARES

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सवालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दोहोरो चरित्र देखाएको भन्दै स्टेट पार्टनरसीप प्रोग्राममा पनि त्यहिँ हुने दाबी गरेका छन्। मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले अहिले एसपीपीका सम्बन्धमा पनि अमेरिकासँग सम्झौता गर्न सकारात्मक भइसकेको अवस्थामा जनताको दबाबमा सरकार पछि हटेको बताए।

ओलीले एसपीपीको पछिल्लो ड्राफ्ट निकै खतरनाक रहेको टिप्पणीसमेत गरे। उनले भने, ‘यो नयाँ ड्राफ्ट हो, यो घातक छ । यस्तो ड्राफ्ट पहिला कहिल्यै आएको थिएन। जनताको दबाबपछि उहाँहरु पास गर्दैनौं भन्न बाध्य हुनुभयो।’

राष्ट्रियताको सवाललाई मान्छेले निकै सस्तो बनाएको टिप्पणीसमेत उनले गरे। प्रचण्डको नाम नलिए पनि उनीतिरै लक्षित गर्दै ओलीले भने, ‘केपी ओलीको पालामा एसपीपी ल्याएको थियो भनेर एक जनाले पटक पटक भनिरहेका छन्, अन्तर्राष्ट्रियस्तरमा पनि ढाँटिरहेका छन्। योभन्दा बढ्ता ढाँट कुरा, योभन्दा बढ्ता फट्याइँ के हुन्छ?’

ओलीले राष्ट्रियता भनेको तमासा गर्ने चिज, झुक्याउने चिज नभएको पनि बताए। ओलीले भने,‘एमसीसी शेरबहादुर, पुष्पकमल दाहाल भएर सम्झौता गर्नुभयो, उहाँहरुले पास गर्नुभयो। बीचमा एउटा वातावरण बिगार्नुभयो। किन प्रहरीसँग झडप गर्नु परेको थियो? किन बाटो हिँड्ने मान्छेलाई ढुंगा हान्नुप¥यो?’​

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार