आइतबार, मंसिर ११ २०७९

भाइबर साइमनले जिते ‘नेपहपको श्रीपेच’को उपाधि



  • नेपालदीप
  • आइतबार, असार १९ २०७९
2.5K
SHARES

काठमाडौं । नेपाली समाजमा नयाँ पुस्ताले अत्यन्तै रुचाउने हिपहप र्‍याप गायन सम्बन्धी टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । उक्त सो सोल्टी क्राउन प्लाजामा भएको अन्तिम प्रतिस्पर्धामा चार जनालाई पछि पार्दै उनले उपाधि जितेका हुन् ।

सोहि उपाधिका लागि काठमाडौंका बाबु बिलिभर, नवलपरासीका एमसी किङ, पोखराका जेनिश क्षेत्री र झापाका विशेष भट्टराई भिडेका थिए ।

नेपहपको श्रीपेच उपाधि विजेता भाइबरले १० लाख रुपैयाँ नगदसहित रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बीमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका जितेका छन् ।

दोस्रो भएका जेनिशले पाँच लाख रुपैयाँ नगद र विश्व भ्रमण गर्ने अवसर पाएका छन् भने तेस्रो भएका बाबु बिलिभरले १ लाख नगदसँगै विश्व भ्रमण गर्ने मौका जितेका छन् । ८ हजार जनाको डिजिटल अडिसनपछि निर्णायकले ५ सय जनालाई भौतिक अडिसनको लागि छानेका थिए । भौतिक अडिसन पोखरा, चितवन, बुटवल, इटहरी र काठमाडौंमा भएको थियो ।

शोको निर्णायक काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, गिरिश खतिवडा र मानस घले हुन् । शोको सफलतासँगै समूहले नयाँ ब्याटल शो ‘ब्याटल भूमि’को घोषणा गरिसकेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट