सोमबार, साउन ३० २०७९

अर्जुनचौपारी गाउँपालिकाका विद्यार्थीलाई नाइस लोकसेवाले छात्रवृति दिने



  • नेपालदीप
  • आइतबार, असार १९ २०७९
3.4K
SHARES

काठमाडौँ। लोकसेवा तयारीको लागि नेपालकै अग्रणी संस्था नेशनल इन्स्चीच्युट फर कम्पेटिटिभ इक्जाम्स(नाइस) र अर्जुन चौपारी गाउँपालिका बीच सहकार्य गर्ने सहमति भएको छ। आइतबार नाइसका प्रबन्ध निर्देशक दिपेन्द्र पाण्डे र अर्जुन चौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

सहमति अनुसार नाइस लोकसेवाले उक्त गाउँपालिकाको सिफारिसमा लोकसेवा अध्ययन गर्न चाहने जेहेन्दार र विपन्न विद्यार्थीलाई छात्रवृति दिने छ। ‘अर्जुनचौपारी गाउँपालिका अध्यक्षद्वारा हस्ताक्षरित सिफारिस अनुसार सो गाउँपालिकाबाट नाइस लोकसेवा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई जेहेन्दार र एवं विपन्न छात्रवृत्ति प्रदान गरिनेछ,’ सहमतिपत्रमा भनिएको छ।

त्यस्तै, अर्जुन चौपारी गाउँपालिका भित्रका विद्यालयका शिक्षक एवं विद्यार्थीहरुको तालिम, अध्ययन एवं शैक्षणिक अवसरहरुमा नाइसले सहयोग उपलब्ध गराउनेछ।

समझदारीमा उल्लेख भए अनुसार गाउँपालिकाले नाइस इन्स्चीच्युटमा विद्यार्थीहरु पढुन भन्ने उद्देश्यले प्रचार प्रसारमा सहयोग पुर्याउने छ।

स्याङ्जामा लोकसेवा तयारीको क्रेजलाई ध्यान दिँदै लोकसेवा तयारीको लागि नेपालकै अग्रणी संस्थासँग भएको सम्झौताले गाउँपालिकाबाट लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरुको लागि ठूलो राहत हुने गाउँपालिका अध्यक्ष तिवारीले विश्वास प्रकट गरेका छन्।

यस सम्झौतामार्फत सामाजिक उत्तरदायित्व बहन गर्दै नाइसले गाउँपालिकामा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटित गर्ने कार्यमा नविन सुरुवात हुने प्रबन्ध निर्देशक पाण्डेले बताए। लोकसेवा तयारीमात्र नभई नाइसले सिम्याट, कुम्याट र ब्रिज कोर्ष पनि संचालन गरेकोले गाउँपालिकाबाट आउने विद्यार्थीको उज्ज्वल भविष्यको लागि यथासक्दो सहयोग गर्ने पाण्डेले जनाए।

नाइस लोकसेवा, एवं अर्जुन चौपारी गाउँपालिका बीच भएको समझदारी पत्रः

नाइस लोकसेवा बागबजार काठमाण्डु तथा अर्जुनचौपारी गाउँपालिका स्याङ्जा (गण्डकी प्रदेश) बाँच मित्रवत प्रातृभावको सम्बन्ध स्थापना गर्न सहमत भई निम्नलिखित बूँदासहितको समझदारी कायम गरेका छौं ।

१) नाइस लोकसेवा एवं अर्जुनचौपारी गाउँपालिका बीच मित्रवत भावको सम्बन्ध स्थापित हुनेछ ।

२) अर्जुनचौपारी गाउँपालिका अध्यक्षद्वारा हस्ताक्षरित सिफारिस अनुसार सो गाउँपालिकाबाट नाइस लोकसेवा अध्ययन गर्न आउने

विद्यार्थीहरुलाई जेहेन्दार र एवं विपन्न छात्रवृत्ति प्रदान गरिनेछ ।

३) नाइस लोकसेवा अध्ययनार्थ विद्यार्थीहरु आऊन् भनी प्रेरित गर्न अर्जुनचौपारी गाउँपालिकाले आवश्यकीय सरसहयोग र प्रचार

प्रसारमा मद्दत पुराउने छ।

४) नाइस लोकसेवा अर्जुनचौपारी गाउँपालिका भित्रका विद्यालयका शिक्षक एवं विद्यार्थीहरुको तालिम, अध्ययन एवं शैक्षणिक यथासक्य सहयोग उपलब्ध गराउनेछ ।

५) पारस्परिक मदतका हरेक क्षेत्रमा नाइस लोकसेवा एवं अर्जुनचौपारी गाउँपालिका हातेमालोको सम्बन्धमा रहनेछन् । पारस्परिक हितको अनुलेखन गरिएको उपर्युक्त बुँदाहरूमा सहमत भई यो समझदारीपत्रमा हस्ताक्षर गरेका छौ।

No description available.

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार