आइतबार, मंसिर ११ २०७९

‘जेरी २’मा पनि डेब्यु गर्दै अनमोल



  • नेपालदीप
  • मंगलबार, असार २१ २०७९
4K
SHARES

काठमाडौं । नेपाली फिल्म जगतमा मेगा स्टार नामले परिचित अभिनेता अनमोल केसी फिल्म ‘जेरी २’मा लामो समयको अन्तराल पछि अनुबन्धित भएका छन् । सात वर्षअघि निर्माण भएको हेमराज बीसी निर्देशित फिल्मको दोस्रो श्रृंखलामा पनि अनमोलले नै डेब्यु गर्ने भएका छन् ।

उक्त फिल्मलाई बीसीले नै निर्देशन गर्ने भएका छन् भने निर्मातामा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ छन् ।

जेरी २’ फिल्मका निर्माता न्यौपानेका अनुसार अनमोलका अन्य फिल्मसँगको छायांकन तालिका मिलाएर फ्लोरमा जाने तयारी भएको छ ।

जुन फिल्मलाई नेपालसहित अमेरिका र अस्ट्रेलियामा छायांकन गर्ने तयारी छ । यसअघि फिल्मको नायिकामा आना शर्मा थिइन् । तर ‘जेरी २’ मा आनाको निरन्तरता नहुने सम्भावना छ । नायिका चाहिं निश्चित नभइसकेको निर्माता न्यौपानेले बताए । फिल्मलाई २०८० सालको दशैंमा रिलिज गर्ने योजना छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट