आइतबार, मंसिर ११ २०७९

हलमा एकैपटक लागे ‘दोख’ र सुपरहिरो फिल्म ‘थोर’



  • नेपालदीप
  • शुक्रबार, असार २४ २०७९
4.5K
SHARES

काठमाडौं । हाम्रो नेपाली इतिहासमा दशक लामो सशस्त्र द्वन्द्वकालमा नागरिकले बाँच्नु परेको त्रासदीपूर्ण जीवनको कथा पेश गर्ने फिल्म ‘दोख’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ ।

अनुप बराल निर्देशित फिल्ममा मनिष निरौला, दीया मास्के, माओत्से गुरुङ, लोकमणि सापकोटा, सुरज मल्ल र रोयदीपको मुख्य भूमिका छ । २ घण्टा १३ मिनेट लामो फिल्मलाई समीक्षकले रुचाएका छन् ।

नेपाली मौलिक कथावस्तुमा निर्माण भएको ‘दोख’लाई राजन कठेतले लेखेका हुन् । ‘फिट्किरी’पछि बराल निर्देशित दोस्रो फिचर फिल्म दोखले बौद्धिक दर्शकलाई लोभ्याउन सक्ने आशा लिइएको छ ।

साथै शुक्रबारै हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘थोर : थन्डर एन्ड लभ’ पनि नेपालसहित विश्वभर रिलिज भएको छ । मार्भल स्टुडियोको यो फिल्ममा क्रिस हेम्सवर्थ, नाटाली पोर्टम्यान, क्रिस्टिन बेल लगायतको मुख्य भूमिका छ ।

टाइका वाट्टी निर्देशित फिल्म २ घण्टा ५ मिनेट लामो छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट