
काठमाडौँ। नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभाको शुक्रवारको बैठक स्थगित भएको छ ।
बजेटमाथि छलफलका लागि बसेको बैठकमा एमालेले अवरोध गरेको हो । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रदेश सरकारले टुक्रे बजेट बाँडेकोप्रति असन्तुष्टि व्यक्त गर्दै संसद् अवराेध गरेकाे बताए। बजेट बनाउने र प्रस्तुत गर्ने काममा मनपरी गरेकाले एमालेले विरोध गरेको उनकाे भनाइ छ ।
बैठक सुरु हुनासाथ एमालेले अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेर दलहरूबीच छलफल गरिरहेका थिए। बिहीवार पनि सूचना टाँस गरी संसद् बैठक स्थगित भएको थियो ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।