शुक्रबार, असोज २१ २०७९

कांग्रेसको गोप्य रिपोर्ट: एक्लै लडे माओवादीले १० सिट, समाजवादीले १ सिट पनि जित्दैन



  • नेपालदीप
  • बिहिबार, साउन ५ २०७९
2.9K
SHARES

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न सुरक्षा संयन्त्र प्रयोग गरी सम्भावित दलीय स्थितिको आकलन गर्न लगाएको बुझिएको छ। ३० वैशाख ०७९ को स्थानीय तहको मत परिणामका आधारमा मंसिरको संघीय चुनावमा दलले जित्न सक्ने सम्भावित सिटको विषयमा अध्ययन भएको हो ।

त्यही  रिपोर्टका आधारमा गृहमन्त्री खाँणले केन्द्रीय कार्यसमितिको बैठकमा सामान्य ब्रिफिङ पनि गरेका थिए। कांग्रेस स्रोतबाट प्राप्त रिपोर्टअनुसार आउँदो संघीय चुनावमा माओवादीले एक्लै लडे १० सिट पनि जित्दैन। एकीकृत समाजवादीलाई एक सिट जित्न पनि मुस्किल हुनेछ । भने मधेशवादी दलले ८ सिटसम्म जित्न सक्ने छन्।

कांग्रेसले एकल प्रतिस्पर्धा गर्दा लगभग ७५ सिट जित्न सक्नेछ। त्यसैगरी, एमाले ६५ वटा सिट कन्फर्म जित्ने अवस्थामा रहेको छ। एमाले र कांग्रेसको सिट संख्या बढ्ने आकलन गरेको गृहको रिपोर्टमा माअ‍ोवादीसहित जसपा, लोसपा र राप्रपालगायतका शक्तिहरू भने कमजोर हुने तथ्यांकीय विवरणमा उल्लेख गरेको कांग्रेसका एक केन्द्रीय कार्यसमिति सदस्यले जानकारी दिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार