शुक्रबार, असोज २१ २०७९

भोलि नै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी



  • नेपालदीप
  • बिहिबार, साउन ५ २०७९
2.1K
SHARES

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति भोलि नै सार्वजनिक गर्ने तयारी गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मौद्रिक नीतिको ब्रिफिङ्ग गरेसँगै भोलि नै मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो।

गभर्नर अधिकारीले आज साउन ५ गते बिहीबार बालुवाटार पुगेर अर्थमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको ब्रिफिङ्ग गरेका छन्।

हाल बैंक तथा वित्तीय क्षेत्रमा रहेकाे तरलताको समस्या र बाह्य क्षेत्रको दबाब कम गर्नको लागि मौद्रिक नीतिले पहल गर्ने राष्ट्र बैंक स्रोतको भनाइ छ। अहिले नेपाली अर्थतन्त्रमा बाह्य क्षेत्रको ठूलो दबाब छ । विदेशी मुद्राको निरन्तर गिरावट र बढ्दो व्यापार घाटाप्रति राष्ट्र बैंक चिन्तित देखिन्छ।

गत आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ। जेठ मसान्तसम्म विदेशी मुद्राको सञ्चिति ९ अर्ब ४५ करोड डलरमा पुगेको छ। बाह्य क्षेत्रमा यसरी निरन्तर दबाब परेपछि राष्ट्रले त्याे चाप कम गर्ने रणनीतिका साथ मौद्रिक नीतिको ड्राफ्ट तयार पारेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार