सोमबार, साउन ३० २०७९

अबको तिन दिनसम्म देशभरका यी साना नदी तथा खोलामा बाढीकाे जोखिम



  • नेपालदीप
  • बुधबार, साउन ११ २०७९
1.1K
SHARES

काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिन मुख्य नदीमा पानीको बहाव बढ्न सक्ने तर सतर्कता तहभन्दा तलै रहने जनाएको छ । तर साना नदी तथा खोलामा बाढीको जोखिम छ ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव केही बढेको छ ।

आज झापा, मोरङ, सुनसरी, सप्तरी, कास्की, लमजुङ, गोरखा, नवलपरासी, पाल्पा, अर्घाखाँची, प्युठान, कपिलवस्तु, दाङ र आसपास भइ बहने केही साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढी आउनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै भोलि प्रदेश-१, मधेस प्रदेश, सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही साना नदीमा बहाव बढ्न सक्ने पूर्वानुमान छ । पर्सि पनि प्रदेश-१ र मधेस प्रदेशको तराई तथा चुरे भाग भएर बहने साना केही नदीहरुमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार