सोमबार, साउन ३० २०७९

जनार्दन शर्मामाथिको छानबिन गर्न गठित संसदीय विशेष समितिमा बाझियो सत्ता पक्ष र प्रतिपक्ष



  • नेपालदीप
  • बिहिबार, साउन १२ २०७९
2K
SHARES

समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको कुरामा सत्तापक्षमा रहेका सांसदहरु एकमत भएका छन् भने प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले फरक राय दिएका छन् ।

समिति सदस्यहरुका अनुसार एमालेका सांसदहरुले नै आ–आफ्ना तरिकाले फरक मत राखेका छन् । सभामुखलाई बुझाउनुअघि वा बुझाएर संसदमा पेश गर्नुअघि पनि निष्कर्षको भाषा फेरिन सक्ने समितिका एक सदस्य बताउँछन् ।

एमालेको प्रस्ताव : अध्ययनलाई अपूर्ण भनौं

नेकपा एमालेले  प्रमाण नभेटिएकोले पृष्ठभूमि केलाउनुपर्ने अडान राखेर फरक मत राखेको छ । फरक मत मार्फत एमालेले अध्ययनलाई नै अपूर्ण भनौं भनेको छ ।

‘अध्ययनलाई पूर्णता दिन सकिएन । सत्तापक्षले प्रमाण लुकाउने प्रयास गर्‍यो, यसकारण प्रयाप्त प्रमाणसम्म पुग्नै सकिएन । थप प्रमाण खोजौं, कल डिटेल हेरौं भन्दा सत्तापक्षले मानेन । यसकारण अध्ययनलाई अपुर्ण भनौं भनेका हौं’ एमालेकै सांसदले सुनाए ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार