सोमबार, साउन ३० २०७९

जहाजमा समस्या देखिएपछि काठमाडौं उडेको यतिको जहाज पोखरा फर्काइयो



  • नेपालदीप
  • शुक्रबार, साउन १३ २०७९
1.2K
SHARES

काठमाडौं। पोखराबाट काठमाडौं उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि पुनः पोखरा नै फर्काइएको छ।

यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान ८ बजे पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो ।

जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा रेड लाइट देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पुनः पोखरा अवतरण गराएको यति एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

उक्त जहाजमा ४५ यात्रु थिए । जहाज पुनः पोखरा अवतरण गराइएपछि इन्जिनियरहरुले उक्त जहाजको परीक्षण गरिरहेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार