सोमबार, साउन ३० २०७९

देउवा अझै पनि गुटमा सिमित, तिर्थको डिजाईनमा कलाकारलाई अन्याय



  • नेपालदीप
  • शुक्रबार, साउन १३ २०७९
3.4K
SHARES

काठमाडौँ । नेपाली काँग्रेसको सुवेच्छुक संस्था नेपाल संस्कृतिक संघका अध्यक्ष तिर्थ थापाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई फेरि विवादमा पारेका छन् ।
पटक पटक आर्थिक अनियमितताको आरोप लाग्दै आएका थापाले यस पटक पनि केही कलाकारलाई पैसा लिएर प्रधानमन्त्रीबाट सम्मान गराएको आरोप लागेको छ ।
गत स्थानीय तहको निर्वाचनका बेला सहयोग गरेका कलाकारलाई सम्मान गर्ने नाममा थापाले चुनावमा सहयोग गरेका भन्दा आफूलाई आर्थिक सहयोग गरेकालाई बोलाएर सम्मान गरेको संघकै पदाधिकारीहरुले दावी गरेका छन् ।

निर्वाचनमा सहयोग गरेका कलाकारलाई सम्मान गर्ने बारेमा संघ भित्र कुनै छलफल नगरी, कार्यक्रमका बारेमा कुनै जानकारी नै नदिई एकलौटी गरेको भन्दै अधिकांश पदाधिकारीले आपत्ति जनाएका छन् ।
संघका बरिष्ठ उपसभापति जनार्दन आचार्यले आज विज्ञप्ती प्रकाशित गर्दै अध्यक्ष थापाले एकलौटी गरेको, संस्थाको दुरुपयोग गरेको र योगदान गरेका कलाकारहरुलाई अन्याय गरेको दावी गरेका छन् ।

“निर्वाचनका बेला धेरै कलाकारहरुले सहयोग गर्नु भएको छ, उहाँहरुलाई कुनै मतलव नगरी निर्वाचनमा कुनै भूमिका नखेलेका र संघको सदस्य पनि नरहेका व्यक्तिहरुलाई सम्मान गरिएको सामाजिक सञ्जाल मार्फत थाहा पाउँदा आश्चर्यमा परेका छौँ,” उनले भने ।
सामाजिक सञ्जालबाट प्राप्त जानकारी अनुसार २७, २८ जनालाई सम्मान गरिएकोमा १०, १२ जना मात्रै सम्मान गर्न लायक रहेको र अरु धेरै छुटेको उनको भनाई छ ।
पार्टीले गठन गरेको संघमा आधिकारीक रुपमा पाँच जना मात्रै पदाधिकारी रहेकोमा बरिष्ठ उपाध्यक्ष आचार्यसहित महामन्त्रीद्धय दुर्गा रायमाझी र रोसनी केसीलाई जानकारी नै नदिइ थापाले एकलौटी कार्यक्रम गरेपछि संघ भित्र थप असन्तुष्टि बढेको छ ।
थापाले यसअघि पनि अवैधानिक तरिकाले एकलौटी रुपमा तिनसय भन्दा बढी केन्द्रीय पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेको भन्दै विरोध भएको थियो । उनले अधिकांशलाई रकम लिएर नियुक्त गरेको आरोप धेरैले लगाएका छन् ।

थापाले संघको सदस्य नै नरहेका व्यक्तिलाई पनि रकम लिएर तीज कार्यक्रमका लागि क्यानडा जान सिफारिस गरेको बरिष्ठ उपाध्यक्ष आचार्यले दावी गर्नुभयो ।
उहाँले संघको लेटरप्याड दुरुपयोग गरेर अध्यक्ष थापाले मानव तस्करी गरेको गम्भीर आरोप पनि लगाउनु भएको छ ।
त्यसैगरी हालै मात्रै काँग्रेस प्रवेश गरेको घोषणा गरेका कलाकार भूवन केसीलाई पनि एका एक संघको केन्द्रीय सदस्य बनाएर चलचित्र विकास वोर्डको अध्यक्ष नियुक्त गराउन पनि थापाले आर्थिक चलखेल गरेको आचार्यको आरोप छ

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार